संघीय संसदका महासचिव पाण्डेयले लिए शपथ

काठमाडौं : संघीय संसद सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्याल उपस्थित थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेयलाई मंगलबार संघीय संसदको महासचिवमा नियुक्त गरेका थिए ।
प्रकाशित मिति: बुधबार, माघ २४, २०८० १२:०९
प्रतिक्रिया दिनुहोस्