नेपाल न्युज प्वाइन्ट डटकम
सन्दीपविरुद्ध गौशाला २६ सर्वोच्च नजाने, उच्च सरकारी वकिलकहाँ दिइन् निवेदन

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउँदै आएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् ।

उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन् ।

गौशालाले बुधबार महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएकी थिइन् भने आज उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन् । सरकारी वकिलमा दर्ता नम्बर ३३२ रहेको छ ।

उनले मुद्धाका कारण मानसिक र सामाजिक रुपमा पीडा भोग्नुपरेको बताउदै अब यी सबै कुरा छोडेर अगाडी बढ्ने निर्णय गरेको बताएकी छन् । 

पीडितको निवेदनलाई उच्च सरकारी वकिल कार्यालयले दर्ता गरेर राखेको छ । अव आगामी दिन सर्वोच्चमा पुनरावेदन गर्ने कि नगर्ने भन्नेबारे हालसम्म उच्च सरकारी वकिलको कार्यालयले कुनै निर्णय गरेको छैन ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update