निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा रिहा
![निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा रिहा](https://www.nepalnewspoint.com/uploads/posts/baikunth1_oCcaosuw39-1722174769.jpg)
काठमाडौं : भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । विशेष अदालतले ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी धरौटी बुझाएर रिहा भएका हुन् ।
विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको हो ।
अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट नीजि क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१ १९:४१
प्रतिक्रिया दिनुहोस्