नेपाल न्युज प्वाइन्ट डटकम
माओवादीको पदाधिकारी बैठक सर्‍यो

काठमाडौं : पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ ।  नेताहरूको व्यस्तताका कारण बैठक २ घण्टा पछाडि सरेको कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार बैठक अब दिउँसो १ बजे बस्नेछ । सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । आज नेताहरूले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिने तय भएको छ ।

बैठकमा अहिलेको अवस्थामा विचारको विकास र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए । खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे प्रचण्डले बिफ्रिङ गरेका थिए ।

बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएपछि बैठक आजै सकिने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update