१८ सयले बढ्यो सुनको मूल्य
काठमाडौं : बुधबार सुनको मूल्य १८ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला रु. एक लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १८ सय रुपैयाँले बढेर प्रतितोला रु. एक लाख ४७ हजार आठ सय रुपैयाँ कायम भएको छ ।
आज तेजाबी सुनको मूल्य पनि आज तोलामा १८ सय रुपैयाँले नै बढेर प्रतितोला रु. एक लाख ४७ हजार तीन सय रुपैयाँ पुगेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलमा ४० रुपैयाँले बढ्दै प्रतितोला रु. एक हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ ११:३३
प्रतिक्रिया दिनुहोस्