
काठमाडौं : संक्रणकालीन न्यायसम्बन्धी विधेयकमा भएको छ । सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लंघन भएका घटनासहित समग्र संक्रणकालीन न्याय प्रक्रिया टुंग्याउने विषयमा तीन दलबीच सहमति भएको हो ।
आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित भएका चार बुँदामा सहमति गरेको हो । लामो समयको छलफलपछि अन्तत् कार्यदलले विवादित बुँदामा सहमति गरेको हो । बैठमा सहमति जुटेपछि शीर्ष नेताले संसदमा सम्बोधन गरेर जानकारी दिने कार्यदलका एक सदस्यले बताए ।
बैठकमा सदस्यहरू गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा सहभागी थिए ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको पनि बैठकमा सहभागिता थियो ।