नेपाल न्युज प्वाइन्ट डटकम
कर्णाली प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण

कर्णाली : कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हालेका छन् । चौथो प्रदेश प्रमुखका रूपमा उनले कार्यभार सम्हालेका हुन् ।

यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मिएका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update