सुनको मूल्य एक लाख ४९ हजार ९ सय कायम
काठमाडौंः शुक्रबार सुनको मूल्य करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ बिहीबार प्रतितोला रु. एक लाख ४९ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज पाँच सयले बढेर प्रतितोला रु.एक लाख ४९ हजार नौ सय कायम भएको छ ।
आज तेजाबी सुन भने प्रतितोला रु. एक लाख ३७ हजार नौ सय १० मा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला रु. एक लाख ३७ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला रु. एक हजार सात सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ ११:३३
प्रतिक्रिया दिनुहोस्