नेपाल न्युज प्वाइन्ट डटकम
विमानस्थलमा हातपात प्रकरण : तीन जना प्रहरी रानीपोखरी सरुवा

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग हातपात घटनामा संलग्न तीन जना प्रहरीलाई छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरूवा गरिएको छ। 

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समितिको प्रतिवेदनपछि सोधपुछका लागि भन्दै सरुवा गरेको हो ।

सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतो छन् ।

दुई पक्षबीच हातपात भएपछि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति बनाएको थियो। समितिमा डिआइजी राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य थिए। 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update