बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छाडिन्, प्रधानमन्त्री निवास छिरे प्रदर्शनकारी
काठमाडौं : बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । ढाकामा जारी तनावका बीच उनले राजीनामा दिएकी हुन् ।
प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् ।बीबीसी बंगला सेवाका अनुसार, यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेकी थिइन् तर, सम्भव भएन ।
बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् ।
बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन् । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारी समेत छ ।
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ १५:३६
प्रतिक्रिया दिनुहोस्