हेलिकप्टर दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय आयोग गठन
काठमाडौं : सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो ।
आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई ३० दिनको समयावधि दिइएको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा बुधबार ५ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ १८:०७
प्रतिक्रिया दिनुहोस्