प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न भारतीय विदेश सचिव मिस्री आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए ।
उनीहरुबीच नेपाल-भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल भएको बताइएको छ ।
भारतका विदेश सचिव मिस्री परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् । नेपालमा कांग्रेस-एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१ १५:५६
प्रतिक्रिया दिनुहोस्