सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं : मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार सोमबार प्रतितोला रु. एक लाख ४८ हजार सात सयमा कारोबार भएको छापावाल सुन आज २१ सयले बढेर प्रतितोला रु. एक लाख ५० हजार आठ सय कायम भएको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । यसअघि साउन २१ गते छापावाल सुन प्रतितोला रु. एक लाख ५० हजारमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा रु. एक हजार सात सय ४० रुपैयाँ कायम छ । सोमबार चाँदी प्रतितोला रु. एक हजार सात सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१ ११:३६
प्रतिक्रिया दिनुहोस्