नेपाल न्युज प्वाइन्ट डटकम
टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं : संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित भएको हो ।

प्रस्तावमाथि छलफल सकिएपछि सभामुख देवराज  घिमिरेले (टीआरसी) विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । 

अब उक्त विधेयक राष्ट्रियसभाबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिनेछ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update