फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौं : गृह मन्त्रालयले फागुन १ गते मंगलबार सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । गत वर्ष फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको थियो ।
सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ, ‘२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ ।’
सर्वोच्चले गत पुस १३ गते अबदेखि 'जनयुद्ध दिवस' मा बिदा नदिन आदेश दिएको थियो । तर विभिन्न स्थानीय तहहरूले भने जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०८० १३:२६
प्रतिक्रिया दिनुहोस्