सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते
काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गोलन्जोर गाउँपालिका-६ का उदय लुंगेली मगर र पृथ्वी भुजेलको घटनास्थलमै मृत्यु भएको थियो । पवन मस्रांगीको उपचारको क्रममा सिन्धुलीको अस्पतालमा मृत्यु भएको छ ।
दुर्घटनामा परी अन्य ११ जना घाइते भएका छन्। बिहीबार गोलन्जोर-६ हैवार-नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बोलेरो चियाबारीमा दुर्घटना भएको हो।
बा.२०च ८२८३ नम्बरको बोलेरो जिप दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ रेफर गरिएको प्रहरीले बताएको छ ।
गोलन्जोर गाउँपालिकाबाट सिन्धुलीमाढी तरकारी लिएर आउँदै गरेको डबल क्याप बोलेरो दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ १५:१७
प्रतिक्रिया दिनुहोस्