दुई वटा हिमताल फुटेपछि सोलुखुम्बुको थामेमा बाढी आएको पुष्टि
काठमाडौं : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ ।
शनिबार बिहान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।
अवलोकनका क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका पाँच वटा हिमतालमध्ये दुई वटा हिमताल फुटेको पाइएको छ भने दुई वटा हिमताल अझै जोखिममा छन् ।
बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवतजावत ठप्प बनेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१ १५:४४
प्रतिक्रिया दिनुहोस्