नेपाल न्युज प्वाइन्ट डटकम
टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं : राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ । विश्वासघात गरेर प्रतिलिपि अधिकार हनन गरेको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरेको हो । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमार्फत उजुरी आएपछि भट्टराई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विवाद टुटल र टुटल बाई ग्यापसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ । भट्टविरुद्ध उनीसँगै कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update