केदारनाथ नजिकै पहिरोमा पुरिएर चार नेपालीको मृत्यु
काठमाडौं : भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार नेपालीको मृत्यु भएको छ ।
बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चिकु बोहरा रहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मुसलधारे वर्षाका कारण घटनास्थलसम्म जेसीबी मेशिन पुर्याउन नसकिने स्थिति थियो । यस्तोमा एसडीआरएफका जवानहरूले खनेर चार वटै शवलाई भग्नावशेषबाट निकाले । शवलाई रुद्रप्रयाग लगिने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१ १२:४०
प्रतिक्रिया दिनुहोस्