एक हजारले बढ्यो सुनको मूल्य
काठमाडौं : आइतबार सुनको मूल्य एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सिन आज एक हजारले बढेर तोलामा एक लाख ५२ हजार चार सय कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा एक हजार आठ सय ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य एक हजार आठ सय १५ रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१ ११:३२
प्रतिक्रिया दिनुहोस्