नेपाल न्युज प्वाइन्ट डटकम
मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी रास्वपाले गर्‍यो निष्कासन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

मंगलबार बिहान बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

यसअघि रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरी यो निर्णयमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन गर्न भनेको थियो ।

साथै रास्वपाले दुई पटकसम्म ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update