नेपाल न्युज प्वाइन्ट डटकम
सरकार गलत बाटोतिर अग्रसर : प्रचण्ड

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार गलत बाटोतिर अग्रसर भएको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

प्रचण्डले ४० दिनमा सरकारको नियत र गन्तव्यको अवलोकनपछि आफू यो निष्कर्षमा पुगेको बताएका हुन । ‘सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ’, उनले भने, ‘जनता भन्दा स्वार्थ समूह अझ माफियाहरुको सेवामा छ ।’

उनले अब रचनात्मक खबरदारीका लागि ढिला गर्न नहुने ठानेर आफू संसदको रोस्टममा खडा भएको बताए ।  

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update