नेपाल न्युज प्वाइन्ट डटकम
अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या

काठमाडौं : अमेरिकाको टेक्सस शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली लागेर हत्या भएको हो ।

घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।

मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको नेपालमा आमा मात्र रहेको बताइएको छ। उनका आमा बुवाको भने सम्बन्ध विच्छेद गरेका छन् ।

प्रहरीले उनको शव पोष्टमार्टमका लागि लगेको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप विवरणहरु प्राप्त हुने जनाइएको छ । ​

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update