सुनको मूल्य तोलामा आठ सयले बढ्यो
काठमाडौं : स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा सुन हालसम्मकै महँगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबारको तुलनामा आज छापावाला सुन तोलामा रु आठ सयले वृद्धि भइ नयाँ कीर्तिमान कायम गरेको छ । मंगलबार प्रतितोला रु एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार एक सय मूल्य निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । मंगलबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५५ निर्धारण गरिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ ११:४३
प्रतिक्रिया दिनुहोस्