नेपाल न्युज प्वाइन्ट डटकम
आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब तोकियो

काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी १८ खर्ब बजेट सिलिङ रहेको जानकारी दिए । स्रोत समितिको बैठकले १८ खर्बको सिलिङ दिएको अर्थमन्त्री महतले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको हो ।

चालु वर्षमा पनि राजस्वको परिचालन सुस्त देखिएको, वैदेशिक सहायता अपेक्षित आउन नसकेको अवस्थामा बजेटको आकार चालु वर्षको तुलनामा करिब ५० अर्ब मात्रै बढाउन भनिएको हो ।

अर्थमन्त्री महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको बताए । उनले संसदले पारित गरेको बजेट अर्थमन्त्रालयले कटौती गर्न नसक्ने भन्दै बजेट कटौती नभएको प्रष्ट पारे ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update