एकनारायण अर्याल मुख्यसचिव नियुक्त
काठमाडौं : सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।
मुख्यसचिव लीलादेवी गड्तौलाले अनिवार्य अवसकास पाउने भएपछि सरकारले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
मुख्यसचिव गड्तौला भदौ १५ गतेदेखि अनिवार्य अवकासमा जाँदैछिन्। सरकारले गत साउन १० गते गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ २०:३९
प्रतिक्रिया दिनुहोस्