नेपाल न्युज प्वाइन्ट डटकम
पर्यटनमन्त्री किरातीले आफैं सफा गरे कार्यकक्ष

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा आफैं सरसफाइ गरेका छन् । उनले समाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै बिहानी पख आफ्नै कार्यकक्ष शृङ्गार गरेको उल्लेख गरेका छन् । 

सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा उनले आफ्नो कार्यकक्षमा पोछा लगाइरहेको देखिन्छ । कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराँतीले आफ्नो कार्यकक्ष आफैं सफा गरेको मन्त्री किरातीका प्रेस संयोजक राजन राईले बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update