नेपाल न्युज प्वाइन्ट डटकम
नेदरल्याण्ड्समाथि नेपालको शानदार जित

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि शानदार जित निकालेको छ ।

शनिबार नेदरल्याण्ड्सले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७ र आसिफ सेखले ५४ रन बनाउँदा कुशल भुर्तेलले २८ रनको योगदान गरे ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा आलआउट हुँदै १ सय ३७ रन बनाएको थियो ।  

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update