राष्ट्र बैंकले यो दशैंमा नयाँ नोट सटही नगर्ने
काठमाडौं : नेपाल राष्ट्र बैंकले यस वर्षको दशैं, तिहार र छठका लागि नयाँ नोट सटही सुविधा नदिने भएको छ ।
राष्ट्र बैंकले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने निर्णय गरेको हो ।
विगतका वर्षहरुमा राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटहीको सुविधा दिएको थियो ।
तर राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट सटही सुविधा नदिने तयारी गरेको हो । राष्ट्र बैंकले यो पटकको दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिनेछ ।
ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने भएपछि राष्ट्र बैंकले सुकिला नोट दिने तयारी गरेको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१ १८:५१
प्रतिक्रिया दिनुहोस्