ऐतिहासिक पदक विजेता पलेशालाई नगर परिक्रमा गराएर स्वागत
काठमाडौं : नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
बुधबार बिहान स्वदेश फर्किएकी पलेशालाई विमानस्थलमा स्वागत गरेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नगर परिक्रमा गराएको छ ।
त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो ।
परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो ।
पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१ ११:३८
प्रतिक्रिया दिनुहोस्