नेपाल न्युज प्वाइन्ट डटकम
९०.७३ अंकले घट्यो नेप्से

काठमाडौं : बुधबार नेप्से परिसूचक भारी अंकले घटेको छ । आज शेयर बजार ९०.७३ अंकले घटेर २,७३९ को विन्दुमा कायम भएको छ । आज जम्मा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ ।

बजार घट्दा पनि चार कम्पनीको शेयर मूल्य भने १०प्रतिशतका दरले बढेको छ । आज एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको हो । 

यस्तै आज कारोबार समय भरिमा ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर किनबेच हुँदा मात्रै १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाखको शेयर कारोबार भएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update