नेपाल न्युज प्वाइन्ट डटकम
भुक्तानी नपाएपछि चितवनका किसानले सडकमै पोखे दुध

काठमाडौं : सरकारले दुधको भुक्तानी नदिएपछि चितवनका दुध किसानहरुले सडकमै दुध पोखेका छन् । दुधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दुध पोखेर किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

चितवन जिल्ला दुध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीमा आवद्ध भएका किसानहरुले दुध पोखेका थिए ।

किसानहरूले सडकमा दुध पोख्नुका साथै किसानको समस्याको समाधानको लागि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

चितवनका किसानहरूले साउन महिनादेखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् । त्यस्तै ५ दिनदेखि दुध बिक्री नभएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update