नेपाल न्युज प्वाइन्ट डटकम
अब सरकारी कार्यालयमा ‘टीएमएस’ नचल्ने

काठमाडौं : सरकारले देशभरका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचल्ने व्यवस्था गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यस्तै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

कार्यालय समयमा सेयर कारोबार गर्दा सेवामा समस्या आएको भन्दै दोस्रो बजारमा कारोबार गर्न निषेध गरेको हो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा टीएमएस प्रयोगमा निषेध लगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरेको थियो ।

सोही सिफारिसपछि कार्यालयले सचिवहरूलाई पत्र लेख्दै टीएमएस नचलाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । यसअनुसार कर्मचारीले दोस्रो बजारमा कारोबार गर्ने नगर्नेबारे निगरानी पनि राख्न निर्देश गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update