अनशनस्थलबाटै केदार कार्की पक्राउ
काठमाडौं : कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशनस्थलबाटै पक्राउ परेका छन् । अनशनमा साथ दिइरहेका आठ जनालाई पनि कार्कीसँगै पक्राउ गरिएको छ ।
प्रदेश सभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरी मंगलबार साँझ पक्राउ गरेको हो ।
उनी आज दिउँसो ४ बजेदेखि आमरण अनशन बस्ने जानकारी पाएपछि मोरङ जिल्ला प्रशासनले दिउँसो ३ बजेदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो ।
कार्की भने प्रदेश सरकारसँग विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनशनमा बसेका थिए ।
१० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्कलगायतका माग राखेर कार्की अनशन बसेका हुन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१ २०:३६
प्रतिक्रिया दिनुहोस्