नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओलीप्रति बालेनको कटाक्ष- पहिल्यै मरिन् सासू, अहिले आए आँसु !

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि फेरि प्रश्न उठाएका छन् । मेयर शाहले नदी तट क्षेत्रको मापदण्ड बढाउने अदालतको फैसलामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । 

प्रधानमन्त्री ओलीप्रति आक्रोश व्यक्त गर्दै आफू महानगरको मेयर नहुँदै अदालतले गरेको फैसलामा किन पुनरावेदन नगरेको भनी उनले प्रश्न गरेका छन् । उनले त्यसबेला ओली नै प्रधानमन्त्री रहेको, बागमतीमा आफ्नै पार्टीका मुख्यमन्त्री डोरमणि पौडेल र काठमाडौं महानगरपालिकामा पनि आफ्नै पार्टीबाट निर्वाचित विद्यासुन्दर शाक्य मेयर रहेको बेला अदालतले काठमाडौंका नदी तटको मापदण्ड थप २० मिटर कायम गर्न भनेको स्पष्ट पारेका छन् ।

बालेनले भनेका छन्, ‘त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्नुपर्‍यो त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्नुपर्‍यो अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासू, अहिले आए आँसु । यो चरित्रले कसरी देश बिगार्दै छ भन्ने उदाहरण सर्वोच्चको फैसला र सरकारको दौडधुपले प्रष्ट पारेको शाहको भनाइ छ ।

साथै मेयर बालेनले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा मापदण्डलाई पालना गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update