नेपाल न्युज प्वाइन्ट डटकम
माओवादीले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं : प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सांसदहरूबाट सभा सञ्चालनमा सहयोग नभएको भन्दै प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन् ।

सभामुख घिमिरेका अनुसार भदौ ३० गतेसम्मका लागि बैठक स्थगित भएको छ ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्ने नरहेको जानकारी गराएपछि माओवादीका सांसदहरूले विरोध जनाएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update