नेपाल न्युज प्वाइन्ट डटकम
सभापति देउवा र महामन्त्री थापाबीचको बैठक निष्कर्षविहीन

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीचको छलफल निष्कर्षविहीन भएको छ । महासमिति बैठकका लागि महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि सभापति देउवासँग भएको छलफल बिनानिष्कर्ष टुंगिएको हो ।

सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि पुन छलफल गर्ने गरी बैठक सकिएको हो । महामन्त्री थापाको प्रस्तावमा रहेको गठबन्धन नगर्ने, काग्रेस कार्यकर्ता र शुभेच्छुकले रुख चिह्नबाहेक अन्यत्र भोट हाल्न नपर्नेलगायतका बुँदामा देउवाले असहमति जनाएको बताइएको छ ।

यता महामन्त्री थापा प्रतिवेदनबाट उक्त विषय हटाउन तयार छैनन् । शनिबार र आइतबार पनि सोही विषयमा छलफल भएपनि सहमति हुन सकेको थिएन ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update