सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं : शुक्रबार मात्रै तीन हजार रुपैयाँले बढेर तोलामा एक लाख ५६ हजार तीन सय पुगेको छापावाल सुनले आज फेरि नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सयले बढेर एक लाख ५६ हजार आठ सय कायम भएको हो ।
आज चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा ४० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक लाख नौ सय कायम भएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१ ११:४२
प्रतिक्रिया दिनुहोस्