मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।
यसअघि, आजै उपनिर्वाचनको मिति तोक्नेबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो । सो क्रममा आयोगले पनि मंसिर १६ गते नै उपनिर्वाचन गर्न सुझाव दिएको थियो ।
निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको रिक्त ३९ पद नगरपालिका, गाँउपालिका, जिल्ला समन्वय समितिको प्रमुख देखि लिएर वडा अध्यक्ष सम्मको पद खाली भएको ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१ १९:१२
प्रतिक्रिया दिनुहोस्