नेपाल न्युज प्वाइन्ट डटकम
माओवादीको प्रश्न- जनयुद्धलाई हिंसा भन्ने हो भने झापा विद्रोह र २००७ साललाई के भन्ने ?

क‍ाठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले जनयुद्धलाई हिंसा भन्दै नेकपा एमालेका सांसद योगेश भट्टराईले विस्तृत शान्ति सम्झौता र संविधानविपरीत अभिव्यक्ति दिएको बताएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

उनले माओवादीको जनयुद्धलाई हिंसा भन्ने हो भने त्यसअघि विभिन्न कालखण्डमा भएका संघर्षहरूलाई के भन्ने भन्दै प्रश्नसमेत गरे । उनले प्रश्न गरे, 'क्रान्तिलाई हिंसाको रूपमा ब्याख्या गर्ने हो भने झापा आन्दोलनलाई उग्र बामपन्थी भड्काव मात्र भन्ने कि हिंसात्मक गतिविधि ?  २००७ साललाई के भन्ने ?'

बस्नेतले माओवादीको जनयुद्ध समस्या नभइ समाधान भएको पनि बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update