प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसंघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधि सभालाई जानकारी गराएका छन् ।
महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रसंघमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिँदै छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ १४:३४
प्रतिक्रिया दिनुहोस्