नेपाल न्युज प्वाइन्ट डटकम
सितापाइलामा श्रीमती र दुई छोरी मृत भेटिए, जंगलमा श्रीमान झुण्डिएको अवस्थामा फेला

काठमाडौं : नागार्जुन नगरपालिका-६ सितापाइलामा हत्या गरेको अवस्थामा दुई छोरीसहित भेटिएकी महिलाका श्रीमान झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

सोलखुम्बुको दूधकुण्ड घर भइ नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरु ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको थियो ।

यता श्रेष्ठका श्रीमान राजु घिमिरे (सुनार) भने नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

परिवारका सदस्यहरुको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update