नेपाल न्युज प्वाइन्ट डटकम
कार्यसम्पादनमा काठमाडौं भन्दा भरतपुर महानगर अगाडि, पोखरा सबैभन्दा कमजोर

काठमाडौं : देशका कूल ६ महानगरपालिकामध्य कार्यसम्पादन मूल्यांकनमा चितवनको भरतपुर महानगर उत्कृष्ट ठहरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मंगलबार सार्वजनिक गरेको प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा भरतपुरले महानगरहरुमध्ये धेरै अंक पाएको हो । 

आयोगले तयार पारेको आर्थिक वर्ष २०७९/८० को मूल्यांकन प्रतिवेदन अनुसार भरतपुले ५६.२९ अंक पाएको छ भने दोस्रो स्थानमा रहेको काठमाडौंले ३९.०२ मात्रै भएको छ । सबैभन्दा कमजोर कार्यसम्पादन पोखराको रहेको छ । त्यस्तै वीरगञ्ज महानगरले ३३.४९, विराटनगरले ३२.८५, ललितपुरले २५.१८ र पोखरा २०.७४ अंक पाएको छ।

भरतपुरमा रेनु दाहाल मेयर छिन् भने काठमाडौंमा बालेन साह रहेका छन् । त्यस्तै वीरगंजमा राजेशमान सिंह, बिराटनगरमा नागेश कोइराला, ललितपुरमा चिरिबाबु मर्हजन र पोखरामा धनराज आचार्य मेयर रहेका छन् । 

आयोगले कुनै पनि महानगरको कार्यसम्पादन सन्तोषजनक भने नरहेको बताएको छ। आयोगले विभिन्न १७ वटा सूचकमा आधारित भएर महानगरहरुको मूल्यांकन गरेको थियो । आयोगले यो प्रारम्भिक प्रक्षेपण रहेको भन्दै कुनै पालिकालाई चित्त नबुझे ७ दिनभित्र पुनरावलोकनका लागि निवदेन दिन समेत भनेको छ । 

वित्त आयोगका अनुसार कार्यसम्पादनमा देशभरका उत्कृष्ट १० स्थानीय तह :

१.सन्धिखर्क नगरपालिका(अर्घाखाँची)
२.भरतपुर महानगरपालिका(चितवन)
३.मालिका गाउँपालिका(गुल्मी)
४.मेलम्ची नगरपालिका(सिन्धुपाल्चोक)
५.भोटेकोशी गाउँपालिका(सिन्धुपाल्चोक)
६.चन्द्रकोट गाउँपालिका(गुल्मी)
७.छत्रदेव गाउँपालिका(अर्घाखाँची)
८. रेसुंगा नगरपालिका(गुल्मी)
९.पााचपोखरी थांपाल गाउँपालिका(सिन्धुपाल्चोक)
१०.सरुमारानी गाउँपालिका (प्युठान)

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update