नेपाल न्युज प्वाइन्ट डटकम
कानून मिचेर कर्मचारीको सरुवा गरिएको कर्मचारी संगठनको आरोप

काठमाडौं : नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले कर्मचारीको सरुवामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानून मिचेको आरोप लगाएको छ । संगठनका अध्यक्ष अम्बादत्त भट्टले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले कानून मिचेर कर्मचारीको सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् ।

भट्टले निजामती सेवा ऐनको मर्म र भावना विपरीत गरिएको सरुवाले कर्मचारीहरूको मनोबल गिराउने कार्य भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । मन्त्रालयले विभिन्न मितिको निर्णयको आधारमा २०८१ साल भदौ ३१ गते कर्मचारीहरूको सरुवा विवरण सार्वजनिक गर्दा संगठनको गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरेका छन् ।

मन्त्रालयले प्रशासन संयन्त्रलाई तटस्थ र स्वतन्त्र बनाउनुपर्नेमा राजनीतिक आस्थाका आधारमा पूर्वाग्रही भएर ट्रेड युनियनका पदाधिकारीहरूलाई कार्यक्षेत्र बाहिर राख्दै ट्रेड युनियन ऐनको समेत उल्लंघन गर्दै कर्मचारीको सरुवा गरेको आरोप संगठनले लगाएको छ ।

देशका सरकारी निकाय र संरचनाहरू कुनै अमुक संस्था वा व्यक्तिको बिर्ता नठानी प्रशासनिक नेतृत्वले सार्वजनिक प्रशासनमा देखिएको सरुवा आतङ्क नियन्त्रण गर्न आवश्यक कदम चाल्न संगठनले माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

ss-1727013500.jpg
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update