सर्लाहीमा झडप, एक जनाको मृत्यु

काठमाडौं : सर्लाहीमा भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ । बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शन भएको थियो ।
उक्त प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको प्रदर्शनकारीहरुले दाबी गरेका छन् । तर जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने एक जनाको मृत्यु भएको भए पनि गोली लागेर वा अन्य कारणले नखुलेको बताएको छ ।
प्रदर्शनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर तथा अश्रुग्यास प्रहार गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८० १६:३९
प्रतिक्रिया दिनुहोस्