नेपाल न्युज प्वाइन्ट डटकम
सर्वोच्चले माग्यो दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।

प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको हो ।

प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update