सुनको मूल्य तोलामा एक लाख ६० हजार नाघ्यो
काठमाडौं : बुधबार सुनको मूल्य एक लाख ६० हजार माथि पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार सात सयले बढेर तोलामा एक लाख ६० हजार चार सय रुपैयाँ कायम भएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा एक हजार नौ सय १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलाको एक हजार नौ सय ५५ रुपैयाँ पुगेको हो ।
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१ १२:३९
प्रतिक्रिया दिनुहोस्