नेपाल न्युज प्वाइन्ट डटकम
कार्यसम्पादन मूल्यांकनमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका जिल्लाकै उत्कृष्ट

काठमाडौं : राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०७९/८० को स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजा सार्वजनिक गरेको छ ।

संवैधानिक निकायको रुपमा रहेको आयोगले मंगलबार स्थानीय तहहरुको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार रुकुम पश्चिमका छ वटा स्थानीय तहमध्ये त्रिवेणी गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ ।

त्रिवेणी गाउँपालिकाले ४७.३६ अंक प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्तीले जानकारी दिए ।

त्यसैगरी बाँफिकोट गाउँपालिकाले ४४.२४, आठविसकोट नगरपालिकाले ४२.१६, चौरजहारी नगरपालिकाले ४१.७०, मुसिकोट नगरपालिकाले ४१.३१ र सानीभेरी गाउँपालिकाले ३५.२८ अंक प्राप्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update