काठमाडौं : ललितपुरको भैंसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा खाएको आरोपमा छानबिन शुरु गरिएको छ ।
बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोपमा शाहीलाई छानबिनका लागि शाहीको जिम्मेवारी खोसिएको छ ।
इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।
घटनाको छानबिन गर्न जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको छ । समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाइ सथार्थ जानकारी दिनेगरी कार्यादेश दिइएको छ ।
समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ ।