कुलेखानी भरिनै लाग्यो, जुनसुकै बेला ड्यामको ढोका खोलिने
काठमाडौं : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कुलेखानेस्थित इन्द्रसरोवर ताल भरिन लागेकाले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दै इन्द्रसरोवर गाउँपालिकाका वडा नम्बर २ र ३ का स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेको हो ।
कुलेखानीको बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ १९:०८
प्रतिक्रिया दिनुहोस्